Odapalika - The Fourth Estate - चौथो अंग
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन 

काठमाडौँ । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।

झापाको शिवसताक्षी नगरपालिकामा भएको खेलमा विर्तामोड नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि जितेको हो ।

बुधबार अबेर सम्पन्न फाइनलमा उपाधि बिजेता कमल गाउँपालिकाले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता  विर्तामोड नगरपालिकाले नगद ४० हजार रुपैयाँ नगद पाएको छ । 

झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा ४ फागुनदेखि सुरु भएको प्रतियोगितामा गौरीगन्ज गाउँपालिकाले कर्मचारी भन्दा बाहिरका खेलाडी ल्याएपछि केही समय बिवादमा परेको थियो । 

कमल गाउँपालिकाले गौरीगन्ज गाउँपालिकाले मापदण्ड बाहिरका कर्मचारी खेलाएको भन्दै उजुरी हालेको थियो । कमल गाउँपालिकालाई हराउदै गौरीगन्ज गाउँपालिकाले सेमिफाइन खेल जितेर फाइनलमा पुगेपनि मापदण्ड विपरीतका खेलाडि खेलाएको पाइएपछि गौरीगन्जलाई कारवाही गर्दै कमल गाउँपालिकालाई फाइनल खेल्न दिने आयोजक शिवसताक्षी नगरपालिकाले निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update