Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा 

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता गरेको छ । 

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र बनाउने छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ । भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । 

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

विभागकाअनुसार माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरर्राष्ट्रिय बिमानस्थल बाहिर, बानेश्र मीनभवन भित्त, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update