Odapalika - The Fourth Estate - चौथो अंग
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत 

काठमाडौँ । सिंचाइ योजनामा ४२ लाख रुपैयाँ हिनामिना गरेपछि हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, पूर्व उपाध्यक्ष सौमती रावल ऐडी, वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष दत्त बिष्ट, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटा,  ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update