Odapalika - The Fourth Estate - चौथो अंग
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान

काठमाडौँ । नेपाल आयाल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको छ ।

निगमले आज दिएको जानकारी अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाँ बढेर आएको छ ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २१ रुपैयाँ ६६ पैसा बढेर आएको निगमको भनाइ छ ।

मूल्य बढेर आए पनि हाललाई उपभोक्ता मूल्य नबढाइ पहिलाको मूल्यमा नै उपलब्ध गराउने निगमको भनाइ छ । निगमले ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ ९ पैसा रहेको बताएको छ ।

noc-pr1709221999.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update