आजको पञ्चाङ्ग
तिथि: षष्ठी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६: ३०, सूर्यास्त: १८: ०४, दिनमान: २८: ५३ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म ।
तपाईंको आज
मेष (चु चे चो ला लि लु ले लो अ)
आवश्यक ठाउँमा धन खर्च हुनेछ । परिवारका सााथ नयाँकार्यको थालनी होला । प्रिय खबर सुन्नुपर्ला ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
आजको कार्यमा शत्रुले बाधा दिन सक्छन् सतर्क रहनु पर्नेछ । कुटुम्बको भने सहयोग पाइएला । स्वास्थ्य भने कमजोर रहनेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
आज धनको बचत हुनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम भइनेछ । कुटुम्बको साथ पाउनुहुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
सन्तानको खुसीले मन आनन्दित रहनेछ । मिठो खाने, रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक कार्यको सबैले प्रशंसा गर्नेछन् । आजको दिन आय र खर्च बराबर नै रहला ।
सिंह (मा मि मु मे मो टा टि टु)
आजको दिन योग्यताको राम्रो प्रदर्शन हुनेछ । तपाईँको पराक्रमले शत्रुको मनोबल घट्नेछ । धैर्य र साहासले काम गर्नु पर्ला । धनको भने व्यय हुनेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
अचानक धनप्राप्ति हुनेछ । अप्रत्यासित तपाईँको लागि उपहार मिल्न सक्छ । सुखद र उपलब्धिपूर्ण यात्रा हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
सम्पूर्ण परिवारका साथ आजको दिन बित्नेछ । मान सम्मान पाउनुहोला । यात्रा तथा भेटघाटले तपाईँमा उर्जा देखिनेछ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आजको दिन तपाईँको भाग्यले साथ नदेला । धेरै परिश्रमले पनि उपलब्धि खासै नहोला । काम गर्ने जोश जाँगर घट्नेछ । खर्च बबाल होला ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
तपाईँको आज धनलाभको योग छ । आवश्यक ठाउँमा मन खोलेर खर्च गर्न पाइनेछ । स्वास्थ्यले पनि साथ दिनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
तपाईँका ज्ञान र बुद्धिले गरेको कर्मको प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । आफन्तसँगको सामिप्यले मन रमाउनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
तपाईँको भाग्यले आजका कार्य सफल हुनेछन् । गरेका कामको प्रशंसा हुनेछ । घुमफिरमा रमाउँदै समय बित्नेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
थालेको कामले पूर्णता पाउन कठिन हुनेछ । स्वास्थ्यले पनि साथ नदेला । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला ।