Odapalika - The Fourth Estate - चौथो अंग
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की

काठमाडौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्षमा मनोज कार्की चयन भएका छन् । बिहीबार भएको संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन् । यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन् । 

संघको महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन् । 

त्यस्तै कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 

संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update