Odapalika - The Fourth Estate - चौथो अंग
धरानमा महामारीको रुप लिदै डेंगी

धरान । धरानमा फैलिएको डेंगीले यो क्षेत्रमा महामारीको रुप लिनथालेपछि जनप्रतिनिधहिरुले संकटकाल घोषणा गर्न सुझाव दिन थालेका छन् । 

देशभर फेलदो डेंगीको प्रभाव पछिल्ला दिन सबैभन्दा वढी धरान उपमहानगरपालिका क्षेत्रमा देखिन थालेको छ । डेंगीकै कारण धरान उपमहानगरपालिकाका ८ जनाले ज्यान गुमाइसकेका छन् भने नगरका ९५ प्रतिशत नागरिक संक्रमित भएको स्थानीयवासीहरुको दाबी छ । 

डेंगीको प्रभाव वढ्दै जाँदा आँखा पाक्ने रातो हुनेलगायतका रोग देखापरेको छ । संक्रमण वढ्दै गएपछि उपमहानगरपालिकाले १७ साउनमा पालिकाभरका सबै विद्यालय बन्द गरेर लामखुट्टे खोज र नष्ट गर अभियान संचालन गरेको छ । 

नागरिकहरुमा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको भन्दै अब धरानमा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने वडा नम्बर ७ का वडाअध्यक्ष जीवनराज सुवेदी बताउँछन् । 

धरानका जनप्रतिनिधिसमेत संलग्न भएर आज वडा नम्बर ४ खैरेनीटारमा पनि लामखुट्टे खोज र नष्ट गर अभियान चलाइएको वडाअध्यक्ष सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update