Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सन्तोष प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रसाईंलाई कम्पनीले आगामी ४ वर्षको लागि व्यवस्थापकीय नेतृत्वको जिम्मा दिएको हो ।

बीमा क्षेत्रको नियामक निकाय तत्कालिन बीमा समिति (नेपाल बीमा प्राधिकरण) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईं चार्टर्ड एकाउन्टेन्ट हुन् । उनलाई बीमा समितिले तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यवस्थापन हस्तक्षेप गर्दा समितिको तर्फबाट सो कम्पनीको व्यवस्थापन हेर्ने जिम्मेवारी दिएको थियो ।

बीमा समितिपछि प्रसाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत निजी क्षेत्रमा प्रवेश गरेका थिए । उनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

नेपाल लाइफपछि प्रसाईंले तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । प्रसाईं प्रमुख कार्यकारी अधिकृत भएकै समयमा तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र तत्कालिन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर भएको थियो । मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा प्रसाईं वरिष्ठ डेपुटी सिइओ बनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update