धनुषा । जनकपुरधाम उपमहानगरपालिका भित्रका शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।
आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द रह्ने जनाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १५:४९
प्रतिक्रिया दिनुहोस्