Odapalika - The Fourth Estate - चौथो अंग
बिहानैदेखि बिभिन्न प्रदेशमा वर्षा, उपत्यकामा दिउँसो पानी पर्ने 

काठमाडौँ । आज बिहानैबाट देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ भने दिउँसो काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना देखिएको विभागको भनाइ छ । 

विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update