Odapalika - The Fourth Estate - चौथो अंग
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट

काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन हुने भएको छ । नयाँ गठबन्धनमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी थपिने भएका छन् भने नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ ।

नयाँ सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिने खुसीयाली सबैभन्दा बढी सेयर बजारले मनाएको छ । राजनीतिक परिवर्तन भएको दिन सेयर बजार खुलेको केही मिनेटमा नै ४.०४ प्रतिशतले बजार बढेपछि सकारात्मक सर्किट लागेको हो ।

बजार खुलेको पहिलो एक घण्टामा परिसुचक ४ प्रतिशतले घटबढ भएमा सर्किट लगाउने नियम छ । बजार खुलेको पहिलो ३ मिनेटमा नै परिसुचक ४ प्रतिशतभन्दा बढीले बढेको हो । सो समयसम्ममा परिसुचक ७९.२९ अंकले बढेर २०३९.६० विन्दुमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update