Odapalika - The Fourth Estate - चौथो अंग
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय !

काठमाडौँ । नयाँ सत्ता समीकरणपछि बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा सभापति रबि लामिछानेबीच भएको भेटमा प्रधानमन्त्री दाहाल लामिछानेलाई सो जिम्मेवारी दिन सहमत भएका हुन् । 

यसअघि एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको नयाँ समीकरणमा आवद्ध हुने दलको बैठकमा लामिछाने पनि सहभागी थिए । 

सो भेटपछि बढेको राजनीतिक परिवर्तनको चक्करले रबिलाई फेरि पुरानै पदमा लैजाने भएको छ । सवोच्च अदालतले रबि लामिछानेको नेपाली नागरिकतामा प्रश्न उठाएपछि पदबाट राजिनामा दिएका रबि पुनः सो पदमा पुग्ने बाटोमा लागेका छन् । 

रास्वपाका नेताहरुले पनि लामिछानेलाई उपप्रधानमन्त्री सहित गृहमन्त्री दिन प्रचण्ड तयार भएको पुष्टि गरेका छन् । यो विषयमा नयाँ गठवन्धनका दलबीच छलफल भएपनि निष्कर्ष भने निस्किनसकेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update