Odapalika - The Fourth Estate - चौथो अंग
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख

रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १० बाट मात्र एक वर्षमा ३५ लाखको लसुन विक्री भएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन् ।

वडाका झ्याङ, झाँडारी, जुगे खोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन जिल्ला सदरमुकाम खलंगासहित जिल्ला बाहिरका विभिन्न बजारमा निर्यात भएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले बताए ।

‘वडाबाट ३५० क्विन्टल लसुन निर्यात हुँदा ३५ लाख रुपैयाँ भित्रिएको छ । किसानले वडाबाटै प्रतिकिलो ११० रुपैयाँका दरले लसुन बिक्री गरेका छन्,’ उनले भने ।

वडाका किसानले लसुन बिक्री गरेर ५० हजारदेखि १ लाख ६१ हजार रुपैयाँसम्म आम्दानी गरेको वडाध्यक्ष खड्काको बताए । वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउँदै वडाध्यक्ष खड्काले भने, ‘यसै आर्थिक वर्षदेखि वडालाई लसुन पकेट क्षेत्र घोषणा गरेका छौँ ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update