Odapalika - The Fourth Estate - चौथो अंग
निजामती कर्मचारीले सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्न नहुने !

काठमाडौँ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको संघीय निजामति सेवाको गठन, संचालन र सेवाका सर्तसम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गम्भीर लापरवाही र त्रुटी गरेको भेटिएको छ । 

संसद सचिवालयले ऐनका कतिपय व्यवस्था र प्रावधान उल्लेख गर्ने क्रममा त्रुटी भेटिएको भन्दै दर्ता गर्नुअघि एकपटक फर्काइदिएको यो विधेयकमा त्यसपछि पनि त्रुटीसहित दर्ता गरिएको पाइएको हो । 

सरकारले दर्ता गरेको विधेयकमा १४७ वटा दफाको  व्याख्यात्मक टिप्पणी उल्लेख गरिएको छ । जसमा कर्मचारीले गर्न हुने र नहुनेसहितको कामका बारेमा हरेक दफाको ३ महले व्याख्यात्मक टिप्पणी उल्लेख गरिएको छ । 

व्याख्यात्मक टिप्पणीको बुँदा नम्बर ८८ मा भने विधेयकको ड्राफ्टदेखि मन्त्रिपरिषदका समिति र मन्त्रिपरिषद बैठकबाट पारित हुँदासम्म गम्भीर त्रुटीसहित पारित गरिएको पाइएको हो ।  विधेयकको दफा ८८ को व्याख्यात्मक टिप्पणीमा भने गम्भीर लापरवाही र त्रुटी छ । 

दफा ७६ देखि ९१ सम्म कर्मचारीले गर्न नहुने कामका बारे  व्याख्यात्मक टिप्पणी छ । जसको  ८८ दफाको सेवाग्राहीप्रतिको व्यवहारको टिप्पणीमा भनिएको छ–

निजामती कर्मचारीले आफ्नो कामसँग सम्वन्धित सेवाग्राहीप्रति शिष्ट, मर्यादित तथा समान किसिमको व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् व्याख्यात्मक टिप्पणीमा के छ ? 

WhatsApp Image 2024-03-05 at 10.36.311709616192.jpeg

जवकी मुल विधेयकको दफा ८८ मा भने सोवग्राहीप्रतिको व्यवहार शीर्षकमा भने निजामति कर्मचारीले आफ्नो कामसँग सम्वन्धित सेवाग्राहीप्रति शिष्ट, मर्यादित तथा समान किसिमको व्यवहार गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ । 

हेर्नुहोस् दफामा उल्लेख विषय

88 mul1709616191.JPG

यो प्रकरणले विधेयक निर्माणको यति लामो प्रक्रियामा कर्मचारीदेखि राजनीतिक दल हुँदै मन्त्रिपरिषदसम्मले कुन हदको लापरवाही गर्न सक्छन् भन्ने पुष्टि भएको छ । 

सांसदज्यूहरु ! तपाईंहरुपनि यही टिप्पणीलाई पारित गर्ने हो ?  

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update