Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीबाहेक सबै प्रदेशमा पश्चिमी वायुको प्रभाव 

काठमाडौँ । आज देशका कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भू–भागमा बिहाानैबाट आंशिक बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायुको प्रभाव कायम रहदा आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने देखिएपनि अन्यत्र भने मौसम सफा नै रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा नै देखिएको विभागको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update