Odapalika - The Fourth Estate - चौथो अंग
कुम्भको खर्च, मकर, मीन र धनुको यात्रा 

आजको पञ्चाङ्ग 

तिथि: एकादशी । नक्षत्र: पू.षा. । करण: बणिज । चन्द्रराशि: धनु । सूर्योदय: ६: २५ । सूर्यास्त: १८: ०७ । दिनमान: २९: १४ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन भाग्यले पूरै साथ दिनेछ । रमाइलो यात्रा हुनेछ ।   धार्मिक कार्यमा सहभागी हुन पाइनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो)

मन थकित र आलस्य हुनेछ । नयाँ काम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।    

मिथुन  (का कि कु घ ङ छ के को ह )

परिवारसँगको सामिप्यताले मन आनन्दित रहनेछ । आवश्यक नयाँ योजना बनाइएला । धन भने खर्च हुने देखिन्छ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईँको आज शत्रूले काम बिगार्ने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आयभन्दा व्यय बढी हुनेछ ।

सिंह  (मा मि मु मे मो टा टि टु)

आज धनको आय र व्ययमा सन्तुलन रहनेछ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । मनमा उर्जा आउनेछ । आफन्त तथा इष्टमित्रको सहयोग रहला । 

कन्या (टो प पि पु ष ण ठ पो)

सन्तानको सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । मनले चिताएको पुग्नेछ । घरायसी झमेलाबाट मुक्त भइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

दाजुभाइ नै शत्रु बन्न सक्नेछन् । सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ ।

धनु  (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज त्यही शुभ हुनेछ । मन भने चञ्चल हुनेछ । सामान खरिद गरिनेछ । यात्रा रमाइलो  हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन भाग्यले साथ दिनेछ । बिचारको कदर हुनेछ । सोचेभन्दा बढी आय होला । यात्रा पनि सुखद नै हुनेछ ।

कुम्भ  (गु गे गो सा सि सु से सो दा)

आजको दिन मध्यम हुनेछ । काममा बाधा दिनेहरु हुनेछन् । सोचेभन्दा कम काम बन्नेछ । खर्च बढ्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

मिहिनेत र परिश्रमबाट गरेको काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो होला । उचित ठाउँमा खर्च हुनेछ । नयाँ योजना बन्नेछन् ।  
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update