Odapalika - The Fourth Estate - चौथो अंग
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौँ । धादिङ्गको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ । 

नम्बर खुल्न बाँकी रहेको सो बसकोगति अनियन्त्रित भई त्रिशुली नदिमा खसेका कारण ४ को मृत्यु भएको शसस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

उनकाअनुसार ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको १८ जनाको टोलीले जिवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । 

उक्त स्थानमा विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको भएपनि घटनामा भएको क्षतिका वारे बिस्तृत विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update