Odapalika - The Fourth Estate - चौथो अंग
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम 

ललितपुर । ललितपुर महानगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । 

दिवसको अवसरमा महानगरले महिलाको स्वास्थ्य परीक्षण शिविर गर्नेछ ।  शिविरमा स्तन, हर्मोन, मधुमेह, रक्तचाप परीक्षण गरिनेछ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको बैठकमा स्वास्थ्य परीक्षण कार्यक्रमका बारेमा जानकारी दिइएको हो । 

स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार र आइतबार हुनेछ । यस वर्षको राष्ट्रिय नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी छ । 

यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवस उद्यम, स्वास्थ्य र पर्यावरणसँग जोडेर कार्यक्रम आयोजना गरेको उपप्रमुख शाक्यको भनाइ छ । 

महिला दिवसको अवसरमा  महानगरले साइकल ¥याली पनि गर्ने  छ । शनिवार बिहान गरिने ¥याली जावलाखेलबाट सुरु हुनेछ । 

मंगलबजारमा पुगेर सम्पन्न हुने ¥यालीले भनिमण्डल, झम्सिखेल चोक, सिजी, खरिबोट, कानदेवताथान हुँदै मंगलबजार पुग्नेछ । 

यसैगरी दिवसको अवसरमा महानगरले महिला सशक्तिकरणमा साइकलको भूमिका विषयक छलफल कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update