Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ गठबन्धनमा सहभागी हुन माधवले मागे १ वर्ष प्रधानमन्त्री, प्रचण्ड–ओली सकारात्मक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ गठवन्धनमा सहभागी हुन आफुले १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने सर्त अघि सारेका छन् । 

मंगलवार साँझ नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहित दोस्रो तहका नेताहरुलाई राखेर भएको छलफलमा नेपालले पछिल्लो गठवन्धनमा विश्वासको संकट रहेको भन्दै आफुले १ वर्ष सरकारको नेतृत्व गर्न पाउनुपर्ने लिखित सहमति हुनुपर्ने सर्त अघि सारेका छन् । 

उनले बामगठवन्धन बन्नुपर्ने, देश मध्यावधिमा जाने खतराबाट रोकिनुपर्ने आगामी दिनमा धोका दिन नपाइनेलगायतका व्यवहारिक समस्या उठान गर्दै आफ्नो पार्टीले प्रधानमन्त्रीसहितको सम्मानजनक हैसियत पाउनुपर्ने सर्त राखेका थिए । 

जवाफमा ओली र प्रचण्डले आफुहरु यो प्रस्तावमा सकारातमक भएको जवाफ दिएपछि नेपालले आज सचिवालयको बैठक डाकेर निर्णय गर्ने बताएका थिए । 

नेकपा एसको सचिवालय बैठक बस्ने तयारी भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा पनि नेपाल निवास पुगेका छन् । 

उनले नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि वढ्न प्रस्ताव गर्दै एमाले र माओवादी बिनाको नयाँ गठवन्धनको आंकडासमेत प्रस्तुत गरेका छन् । 

देउवाले रास्वपा राप्रपा, जसपालगायतका दललाई समेटेर बहुमत पुर्याउन सकिने बताएका छन् । तर नेपालले भने ओली प्रचण्डलाई जस्तो सहयोग गर्न तयार रहेको आश्वासन भने दिएका छैनन् । 

नेपालको सचिवालयमा कार्यरत एक सहयोगीका अनुसार देउवाले प्रचण्डवाट धोका भएको भन्दै तेस्रो बैकल्पिक गठवन्धन बनाउन प्रस्ताव गरेको तर नेपालले तत्काल जवाफ दिन नसकिने बताएको जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update