Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा 

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाएको छ । 

योसँगै रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालय बन्ने पक्का भएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले यसअघिनै बिना विभागीय मन्त्रीको सपथ लिइसकेका छन् । 

रास्वपाका अनुसार रबिले गृह पाउदा सुमनाले शिक्षा, अर्यालले श्रम र अर्का नेता विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

एमाले भने नेता रघुविर महासेठको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । उनी भौतिक योजना तथा निर्माण मन्त्री बन्ने भएका छन् । 

एमालेको भागमा ७ वटा मन्त्रालय परेपनि महासेठ र यसअघि नै सपथ गरिसकेका पदम गिरी बाहेकको मन्त्रालय भने टुंगो लागेको छैन । 

नेकपा एकीकृत समाजवादी पार्टिको निर्णयपछि मात्र अन्य विषय टुंगो लाग्ने नेताहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update