Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको लाइन मिनिस्ट्री सामान्य प्रशासन कुन पार्टीले पाउँदैछ ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन परिवर्तन गरेपछिको नयाँ मन्त्रिपरिषद गठन हुने अन्तिम चरणमा छ ।

सत्ता गठबन्धनले मन्त्रालय भागबण्डा टुंग्याइसकेका छन् । जसअनुसार गृहमन्त्रालय लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा सहभागी हुँदैछन् ।

यस्तै, एमालेबाट रघुबीर महासेठले नेतृत्व गर्ने भएका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालय पाउँदै छन् । 

स्थानीय तहहरुको मुख्य सरोकार रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने एकीकृत समाजवादी पार्टीको लागि राखिएको छ । यद्यपि, सो पार्टीले अहिलेसम्म औपचारिक रुपमा सरकारमा जाने बताएको छैन भने सरकारमा सहभागी हुने करिब पक्का रहेको नेताहरुले बताएका छन् । र, सो पार्टीले सरकारमा पठाउने मन्त्रीको टुंगो पनि लगाएको छैन ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update