Odapalika - The Fourth Estate - चौथो अंग
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण

काठमाडौं । काठमाडौँ जिल्लाको चन्द्रागिरि नगपालिकामा फागुन २५ गते शुक्रबार शहरी हाट बजार नलाग्ने भएको छ । नगरपालिकाले लामो समयदेखि शुक्रबार शहरी हाटबजार संचालन गर्ने गरेको थियो ।

नगरपालिकाले एक सार्वजनिक सुचना नै प्रकाशित गरेर आगामी शुक्रबार अर्थात फागुन २५ गते शहरी हाटबजार नलाग्ने जानकारी दिएको हो । सो दिन अन्तराष्ट्रिय महिला दिवस तथा महाशिवरात्री पर्व परेकोले हाट बजार नलाग्ने नगरपालिकाको सुचनामा उल्लेख छ ।

नगरपालिकाले विगत लामो समयदेखि प्रत्येक शुक्रबार यस्तो हाट बजार संचालन गर्ने गरेको थियो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिई व्यवसाय संचालन गरेका व्यवसायी, मौलिक शीपमा आधारित व्यवसायको लागि अनुदान पाएका व्यवसायी लगायत अन्य व्यवसायीले उत्पादन गरेका स्थानीय बस्तुहरुको विक्री तथा प्रदर्शनीको लागि प्रत्येक शुक्रबार शहरी हाट बजार संचालन गर्ने गरिएको थियो । यस्तो हाट बजार वडा कार्यालयहरुमा पनि हुने गरेको थियो ।

chandragiri-hat-notice1709719718.jpg

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update