Odapalika - The Fourth Estate - चौथो अंग
थाहा नगरपालिकामा भेटिए २६२ जना अति गरिब

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले  पालिकाभित्रका गरिबहरुको सूची सार्वजनिक गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले तयार पारेर उपलव्ध गराएको तथ्यांक पालिकाले सार्वजनकि गरेको हो । 

सो मन्त्रालयले देशभरका स्थानीय तहमा रहेका गरिब, अति गरिव र सामान्य गरिबको तथ्यांक संकलन गर्ने गरेको छ । यही तथ्यांकलाई आधार बनाएर स्थानीय तहहरुले गरिब परिचयपत्र वितरण गर्दै आएका छन् । 

थाहा नगरपालिकाले सार्वजनिक गरेको अति गरिबहरुको सूचीमा १५ देखि ९० वर्षसम्मका व्यक्तिहरु समेटिएका छन् । नगरभित्रका ८३३ जना गरिबको सूचीमा पर्दा सबैभन्दा धेरै मध्यम गरिब देखिएका छन् । तथ्यांकअनुसार थाहा नगरमा ३५१ जना मध्यम गरिब  र २१० जना सामान्य गरिब छन् । 

मन्त्रालयले गरिब सूची सार्वजनिक गर्दा परिवार संकेत प्रदेश, जिल्ला, पालिका, गरिबको नाम, लिंग, उमेर, बाबुको नाम र परिवार संख्यासमेत राख्ने गरको छ । 

हेर्नुहाेस् गरिबकाे तथ्यांक

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update