Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेससँगको सहकार्य तोड्नुपर्ने वाध्यताबारे प्रचण्डले दिए ८ कारण 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको सहकार्य ताडेर नयाँ सत्ता गठबन्धन बनाउनुपर्ने कारणबारे संसदमा जवाफ दिएका छन् । 

सरकार पुर्नगठन पछि पहिलो पटक बसकेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले कांग्रेसले आफुले राखेको परिवर्तन, सुशासन र समृद्धिको लक्ष्यमा सहयोग नगरेका कारण सहकार्य तोडेको बताएका छन् । 

उनले आफुालई राजनीतिक रुपमा बेइमान सावित गर्न खोजेको भन्दै कांग्रेसलाई व्यक्तिगतरुपमा नभइ एजेण्डामा असहयोग भएका कारण सहकार्य तोड्न बाध्य भएको जवाफ दिए । 

यस्ता छन् प्रचण्डले  दिएका कारण 

राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीलाई अपेक्षित सहयोग नभएको ।

कोसीमा माओवादी विरुद्ध कांग्रेसले बिद्रोह गरेको ।

राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गरी नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेको ।

कांग्रेस महासमिति बैठकमा गठबन्धनको मर्म विपरित माओवादीमाथि प्रहार गरेको । 

निर्वाचन नआउँदै गठवन्धन दलको मानर्मदन गरेको ।

कांग्रेस महासमिति बैठकमा स्टलनै राखेर धर्म निरपेक्षतालाई चुनौती दिदै हिनदुराष्ट्रका पक्षमा क्याम्पियन गरेको ।

माओवादी जनयुद्धको बिद्रुपीकरण गरेर २०४७ सालको संविधान व्युझाउने गरी महासमिति बैठकमा प्रतिवेदन पेश गरेको । 

परिवर्तन सुसाशन र समृद्धिमा सहयोग नगरेको ।

सरकारको गति नै अघि वढ्न नदिएको ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update