Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी 

काठमाडौँ । किर्ते नागकिरता बनाएको अभियोगमा बीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी जाहेरी दर्ता भएको छ । 

उनीविरुद्ध एक किशोरीलाई किर्ते कागजात बनाएर नागरिकता दिलाएको अभियोग छ । 

स्थानयि राजनीतिक दलहरुले समेत मेयर सिंहले किर्ते गरेको भन्दै स.गठित रुपमा आवाज उठाइरहेका बेला उनीविरुद्ध प्रहरीकहाँ जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीविरुद्ध झण्डै २ साताअघि परेको जाहेरी दर्ता भएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २० कात्तिक २०७१ मो जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो । १३ साउन, २०७५ मा जिल्ला प्रशासकन कार्यालय पर्साबाट रुविनाको नागरिकता जारी भएको अभिलेखमा देखिन्छ । जुन नागरिकतामा उनले किर्ते गरेको अभियोग छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update