Odapalika - The Fourth Estate - चौथो अंग
सकियो स्थानीय तह कर्मचारी संजालको केन्द्रीय पदाधिकारी बैठक, भयो यस्ता निर्णय

काठमाडौँ । स्थानयि तह कर्मचारी संजाल नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । संघीय सरकारले संसदमा पेश गरेकाे सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसेको हो ।

सो बैठक विहीबार राति अबेर सकिएको संजालका केन्द्रीय सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिए । काठमाडौंमा सम्पन्न सो बैठकले ऐनका प्रस्तावित प्रावधानमध्ये केही विषयमा आफूहरुको गम्भीर चासो र सरोकार रहेको उनको भनाइ छ ।

"संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय भयो । हामीहरुका सरोकारका विषयलाई लिपिबद्ध गरेर प्रतिनिधिसभाका सबै माननीय सदस्यहरुलाई भेटेर दिने र उहाँहरुमार्फत संशोधन प्रस्ताव राख्नको लागि अनुरोध गर्ने निर्णय पनि गरेका छौं । देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीको विषयमा संसदमा छलफल भएर उचित निकास निस्कियोस भन्ने हामी चाहन्छौं", सहसंयोजक सिहले वडापालिकासँग भने ।

उनले आफूहरुको माग सम्बोधान नभए र बैधानिक माध्यमबाट संसदमा छलफल नभए सशक्त आन्दोलन गर्नको लागि आफूहरु वाध्य हुने पनि जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update