Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभाग भन्छः शिवरात्रिमा पानी पर्ने भय छैन 

काठमाडाैँ । पश्चिमी वायुको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका केही भागमा वदली हुने देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

आज शिवरात्रि पर्व परेको छ । यो पर्वका दिन देशका केही भागमा बाहेक अन्यत्र मौसम खराव हुने र पानी पर्ने सम्भावना न्यून रहेको विभागको भनाइ छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने र  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ ।

आज कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update