Odapalika - The Fourth Estate - चौथो अंग
२१ देखि ९० वर्षसम्मका ३५ हजार महिला जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार 

काठमाडौँ । राजनीतिक दलहरुबीचको गठवन्धन संस्कृतिलाई चिर्दै नेपालका स्थानीय तहहरुमा महिला जनप्रतिनिधिले तुलनात्मक रुपमा पकड जमाउँदै गएको देखिएको छ । 

२०७९ सालमा भएको स्थानयि तह निर्वाचनमा संवेधानिक बाध्यताबाहेकका पदमा समेत प्रतिस्पर्धा गरेर महिलाहरु निर्वाचित मात्र भएनन, निर्वाचित भएपछि अव्वल कामसमेत गरेर देखाइरहेका छन् । 

गएको स्थानीय त निर्वाचनमा पाँच दलीय गठबन्धन बनेकाले उपप्रमुखमा महिलाको उम्मेदवारी नै कम परेको थियो । 

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता नभएका कारण अधिकांश स्तानीय तहमा महिला प्राथमिकतामा पर्न सकेनन् ।  

बाध्यात्मकबाहेकका पदमा अपेक्षाअनुसार महिला उम्मेदवारी पर्न नसके पनि देशभरका स्थानीय तहमा ४१ प्रतिशत भन्दा वढी महिला जनप्रतिनिधित्व छ । 

२१ देखि ९० वर्षसम्मका महिलाले स्थानीय तहमा जनप्रतिनिधिका रुपका काम गरिरहेका छन् भने २०७४ सालको स्थानीय तह निर्वाचनमा भन्दा यसपटक एक प्रतिशत भन्दा वढी महिला जनप्रतिनिधि निर्वाचित भएर जनताको काम गरिरहेका छन् । 

निर्वाचन आयोगको तथ्यांकलाई हेर्ने हो भने देशभर ३४ हजार ९५३ महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । जुन ४१.२१ प्रतिशत हो ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख पदमा २५ महिलाले हाल नेतृत्व गरिरहेका छन् ।

आयोगका अनुसार महिला प्रतिनिधित्वको तथ्यांक यस्तो छ:

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमुखः २५ जना

उम्मेदवारी दिएका महिलाः ५५ हजार ६९९ जना 

रिक्त दलित महिला वडा सदस्यः १२३ जना 

नगरपालिका, उपमहानगर, महानगरपालिका प्रमुखः १३ जना

गाउँपालिका अध्यक्षः १२ जना 

नगरपालिका, उपमहानगर, महानगरपालिका उपप्रमुखः २२९ जना 

गाउँपालिका उपाध्यक्षः ३३५ जना 

प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जम्माः ५६४ जना

वडा अध्यक्षः ६९ जना

अनिवार्य महिला सदस्यः ६ हजार ७१३ जना  

दलित महिला सदस्यः ६ हजार ५९४ जना 

खुला वडा सदस्यः ४१२ जना 

उमेरगत विवरण (२१ देखि ९० वर्ष)  

२१ देखि ३० वर्ष उमेर समूहकाः १ हजार ९८० जना

३१ देखि ४० सम्मकाः ५ हजार २७९ जना

४१ देखि ५० वर्षसम्मकाः ४ हजार ३१७ जना 

५१ देखि ६० वर्ष उमेर समूहकाः २ हजार ८६ जना

६१ देखि ७० वर्षसम्मकाः ४७२ जना

७१ देखि ८० वर्षसम्मकाः ६२ जना

८१ देखि ९० वर्षसम्मकाः ३ जना 

कुन पार्टीका कति महिला उम्मेदवार

एमालेः २४ जना प्रमुख, २७ जना अध्यक्ष र ११८ जना वडाध्यक्ष 

नेपाली कांग्रेस: प्रमुखमा ११ जना, अध्यक्ष १४ र वडाध्यक्षमा ७९ जना 

नेकपा माओवादी केन्द्रः प्रमुखमा १० जना, अध्यक्षमा १३ र वडाध्यक्षमा ८३ जना  

नेकपा एकीकृत समाजवादीः प्रमुखमा १६ जना, अध्यक्षमा ६ जना, वडाध्यक्षमा ५९ जना 

राष्ट्रिय प्रजातन्त्र पार्टीः  प्रमुखमा २४, अध्यक्षमा १४, वडाध्यक्षमा ११४ 

जनता समाजवादी पार्टीः प्रमुखमा ११, अध्यक्षमा ८ र वडाध्यक्षमा ५४ जना 

लोकतान्त्रिक समाजवादी पार्टीः प्रमुखमा ५, अध्यक्षमा ३ र वडाध्यक्षमा ३७ जना 

२०७४ को तथ्यांक 

कुल १ लाख ४८ हजार ३६४ जना चुनावी प्रतिस्पर्धामा थिए ।

५७ हजार ८४३ जना महिला उम्मेदवार थिए ।

१४ हजार ३५३ महिला निर्वाचित भए ।

१८ पालिकामा महिला नेतृत्व 

उपप्रमुख र उपाध्यक्षमा ७०० जना

वडाध्यक्षमा ६२ महिला 

महिला सदस्यमा ६ हजार ७४२

दलित महिला सदस्यमा ६ हजार ५६७  

खुला महिला सदस्यमा २६४ जना

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update