Odapalika - The Fourth Estate - चौथो अंग
प्रहरी चाैकीकै अघि मार्माका प्रमुख प्रशासकीय अधिकृतमाथि कसले गर्यो आक्रमण ?

काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । 

पालिकाले उपलव्ध गराएको क्वार्टरमा सुतिरहेका बेला बिहीबार मध्यरातमा एक्कासी ढुंगामुढा गरिएको र आगलागी प्रयास भएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले वडापालिकालाई बताए । 

उनलाई आक्रमण गरिएको कोठा इलाका प्रहरी कार्यालय लटिनाथ वल्लोपल्लो घर हो । तैपनि प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न नसकेको अध्यक्षको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आक्रमणलगत्तै झ्याल खोलेर कराएपछि तत्काल प्रहरीहरु उनको कोठामा पुगेका थिए । 

तर त्यसबेलासम्म आक्रमणकारी भागिसकेको पालिका अध्यक्षको भनाइ छ । आक्रमणकारी खोज्न जिल्ला सदरमुकामबाट प्रहरीको टोलीसमेत परिचालन भइसकेको उनले जानकारी दिए । 

घटनामा को संलग्न थियो र कसले आक्रमण गर्यो भन्ने विषय अहिलेसम्म नखुलेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update