Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनी, सुदूरपश्चिम र तराईमा आंशिक बदली 

काठमाडौँ । आज देशका देशका पहाडी भू–भागसहित  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको मौसममा आंशिक बदली रहने छ । 

जल तथा मौसम विञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम नै छ । 

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update