Odapalika - The Fourth Estate - चौथो अंग
२० कटेपछि विवाह गर्ने जोडीलाई पालिकाको सम्मान

काठमाडौँ । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको जनाएको हो ।  

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको वडाध्यक्ष 

बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र गाडी भाडास्वरूप  ४ हजार १२५ रुपैयाँसहित सम्मान गरिएको हो । 

दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ । 

यहाँका स्थानीय तहले वाल विावाह रोक्न याँ नयाँ कार्यक्रम ल्याइरहेका छन् । वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update