Odapalika - The Fourth Estate - चौथो अंग
एक फोनले खुल्यो उपप्रमुखले प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला

काठमाडौँ । नगरसभा सदस्यलाई धारणा राख्न नदिएको, दलगत पक्षधरता देखाएकोलगायतका अभियोग लगाउदै गोरखा नगरपालिकाकी उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खुलेको छ । 

२४ फागुनमा बसेको नगरसभामा भएको बिवादपछि उपप्रमुख मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कर्यकक्षमा ताला लगाइदिएकी थिइन् । 

ताला लागेपछि काठमाडौँ आएका अधिकतले सिडिओ र जिल्लाका एसपीसमेतको समन्वयमा उपप्रमुखलाई फोन गरेर मिलेर अघि वढौँ भनेपछि आजबाट ताला खोलिदिएको उपप्रमुख थोकरले वडापालिकालाई जानकारी दिइन् । 

के भएको थियो ? 

गोरखा नगरपालिकाले गत २४ फागुनमा नगरसभा बोलाएको थियो । सो नगरसभामा उपस्थित ७४ जना मध्ये अधिकांशले कुरा राख्न पाएनन् । उपप्रमुख थोकरका अनुसार नगर प्रमुख र प्रशासकीय अधिकृत मिलेर आफ्ना धारणा राख्न खोज्ने ४९ जना नगरसभा सदस्यलाई बोल्न नदिइ नगरसभा अन्त्य गरेर हिँडे । 

नगरसभा सकिएपनि नगरसदस्यहरुको गुनासो प्रमुख प्रशासकीय अधिकृतलाई सुनाउन पहल गर्ने भन्दै उपप्रमुख थोकरले अधिकृत सुवेदीलाइ फोन गरिन् । तर उनको फोन उठेन । फोन नउठेपछि थोकर उनको क्वार्टरमा पुगिन । तर भेटिनन् । 

‘क्वार्टरमा पनि नभेटेपछि खोज्दै जाँदा मेयरको गोप्य कार्यकक्षमा माओवादीका तर्फवाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षसँग मेयरसाव र प्रमुख प्रशासकीय अधिकृत गोप्य बैठकमा रहेछन्,’ थोकरले वडापालिकासँग भनिन्, ‘मैले वर्षमा २ पटक हुने नगरसभामा पनि किन सदस्यलाई बोल्न नदिएको भनेपछि अधिकृतज्यूले जे सक्नुहुन्छ गर्नुहोस् भनेपछि कार्यकक्षमा ताला लगाएका हौँ ।’ 

उनकाअनुसार काठमाडौँमा रहेका सुबेदीले फोन गरेर मिलेर अघि वढौं भनेपछि आजबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । तर अधिकृत भने पालिका पुगेका छैनन् । उपप्रमुख कांग्रेसका तर्फवाट निर्वाचित भएकी हुन् । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update