Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटार गएका छन् । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक निजी निवास बोहोराटार पुगेका हुन् ।

पौडेललाई उनकै निवासमा पुग्दा छिमेकीसहित सो क्षेत्रका वडाध्यक्षले स्वागत गरेका थिए । पौडेलको निजी निवास बोहोराटार काठमाडौँ महानगरपालिकाको वडा नं. १६ मा पर्छ भने सो वडाको वडाध्यक्ष मुकुन्द रिजाल छन् ।

president-paudel-in-home11691219685.jpg

‘राष्ट्रपतिमा निर्वाचित भएर शितल निवास सर्नुभएपछि राष्ट्रपतिज्यू पहिलो पटक निजी निवास पुग्नुभएको हो । त्यहाँ झण्डै  २ घण्टा बस्नुभयो । बगैचामा घुम्नुभयो । घरको भित्र छतमा पनि पुग्नुभयो,’ राष्ट्रपति पौडेलको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।

president-paudel-in-home21691219685.jpg

राष्ट्रपति पौडेलले सो अवसरमा छिमेकीहरुसँग पनि सम्बाद गरेका थिए । छिमेकीहरुले कम्तिमा पनि महिनामा १ पटक आउन आग्रह गरेका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

Photo (7)1691220903.jpeg

Photo (3)1691220900.jpeg

Photo (6)1691220900.jpeg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update