Odapalika - The Fourth Estate - चौथो अंग
स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका 

काठमाडौँ । पोखरा महानगरपालिकाले आज सातौँ स्थापना दिवस मनाउँदै छ । 

पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन गर्न लागेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

स्थापना दिवस मनाउन महानगरपालिकामा आज १ बजेपछि बिदा दिइएको छ । यो बिदा सवै वडाकार्यालयमा समेत लागु हुने बताइएको छ । 

स्थापना दिवसको अवसरमा महानगरले नगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ भने आज बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

महानगरले पोखरा भवन र खुइतेखोला पुलको समेत शिलान्यास गरेको महानगर स्थापना दिवस मुल आयोजक समितिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update