Odapalika - The Fourth Estate - चौथो अंग
विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची  

काठमाडौँ । संघीयताको कार्यान्वयन भइ स्थानीय सरकारहरु गठन भए पनि यी सरकारले विकास र आयोजना तर्फ पर्याप्त अधिकार नपाएको जनप्रतिनिधिको गुनासो छ । 

तर नेपालको विद्यमान संविधान र कानुनले भने स्थानीय सरकारहरुलाई विकास र आयोजनाका ९३ भन्दा बढी कामको दायित्व स्थानीय सरकारलाई दिएको छ । 

संविधानले संघीय सरकारलाई नीति निर्माण, नियमनका साथै ठूला र वृहत् प्रभाव पार्ने आयोजनाको तर्जुमा र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ । 

प्रदेशलाई विकास निर्माणको प्रमुख तहका रुपमा अधिकार दिएको छ भने स्थानीय तहलाई सेवा प्रवाहको पहिलो बिन्दुका रुपमा कल्पना गरेको छ । 

संविधानले स्थानीय सरकारलाई सेवा प्रवाहका पहिलो बिन्दुका रुपमा कल्पना गरे पनि संविधान र यसअनुसार बनेका संरचनाहरुले स्थानीय सरकारलाई विकास र आयोजनाका विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी दिएको छ । 

संघीय मन्त्रालयका लागि बाँडफाँड भएको विकास र आयोजना सम्पन्न गर्न अधिकार स्थानीय तहसम्म नै लैजाने गरी भएको व्यवस्थाका कारण स्थानीय सरकारले गृह र रक्षा मामिला बाहेकका ९३ प्रकारका विकास र आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएका छन् । 

संघीय सरकारले बनाएको ‘संघ प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजनाको वर्गीकरण तथा बाँडफाँट सम्बन्धि मापदण्ड’समेतका आधारमा वडापालिकाले स्थानीय तहले विकास र आयोजना क्षेत्रमा पाएको ९३ वटा जिम्मेवारीको लिष्ट तयार पारेको छ । 

मन्त्रालयगत आधारमा तयार पारिएको विवरणअनुसार यस्ता छन् स्थानीय तहले पाएको विकास र आयोजनासम्वन्धि काम र जिम्मेवारीः 

शासकीय व्यवस्था र सुशासनतर्फ

स्थानीय सुशासन र सेवा प्रवाह 

अर्थतर्फ 

उद्यमशीलता

व्यावसायिक सीप विकास

लघु, घरेलु तथा साना उद्योग प्रवर्धन र विकास 

बजार अनुगमन

उपभोक्ता हकहीतका विषयमा जनचेताना जगाउने 

उर्जा जलश्रोत तथा सिंचाइतर्फ

ग्रामिण जलश्रोत व्यवस्थापन

३ मेगावाटसम्मका जलविद्युत आयोजनाको निर्माण र संचालन

३ मेगावाटसम्मका सौर्य उर्जा आयोजना  निर्माण र संचालन

साना जलश्रोत संरचनाको पुर्ननिर्माण, मर्मत सम्भार तथा व्यवस्थापन 

ग्रामिण तथा सामुदायिक विद्युतीकरण

साना र स्थानीय खोला नियन्त्रण तथा पहिरो व्यवस्थापन  

घरेलु तथा सामुदायिक वायोग्यास प्रणाली 

काननु न्याय तथा संसदीय मामिलातर्फ 

स्थानीय सरकारका जनप्रतिनिधिहरुको न्याय सम्पादनसँग सम्वनिधत तालिम

कानुनी शिक्षा सचेतना 

स्थानीय मेलमिलाप र मध्यस्थता

स्थानीय तहको कानुन निर्माण 

कृषि तथा पशुपक्षी विकासतर्फ 

कृषि तथा पशु उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम

कृषि तथा पशु प्रसारसम्वन्धि कार्य 

कृषि क्षेत्रको व्यावसायीकरण, बजारीकरण, औधोगिकीकरणका लागि उत्पादन बृद्धि कार्यक्रम

भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारणतर्फ 

राष्ट्रियस्तरमा प्रभाव पार्नेबाहेकका नापनक्सा तथा सीमा नापी 

मुक्त कमैया तथा हलियालगायत गरीब लक्षित विशिष्टिकृत कार्यक्रम

गुठी कोष तथा ट्रष्टहरुको व्यवस्थापन ( नेपाल ट्रष्टको कार्यालयबाहेक)

सहकारी दर्ता तथा सहकारीहरुको अनुगमन 

खानेपानी तर्फ 

आधारभूत खाखनेपानी आयोजना

तराइ–मधेशमा ५ हजारसम्म, पहाडमा ३ हजारसम्म र हिमालमा ५०ण् सम्मको जनसंख्यालाई खानेपानी सेवा पुर्याउने आयोजना

खानेपानी वितरण तथा अनुगमन

सरसफाइसम्वन्धि जनचेता अभिवृद्धि 

ग्रामीण खानेपानी तथा सरसफाइ र फोहोरमैला व्यवस्थापन

गृहतर्फ

मानव बेचविखन र लागू औषध कारोवारसम्वनिध सूचना स.कलन तथा सचेतना

नगर प्रहरी

स्थानीय शान्ति समिति सम्वन्धि कार्य 

विपद् व्यवस्थापन

परराष्ट्रतर्फ 

प्रदेश र स्थानीय तह दुबैलाई अधिकार नभएको 

भौतिक पूर्वाधार तथा यातायततर्फ

संविधानको अनुसूची ८ ले दिएको  स्थानीय सरकारको क्षेत्राधिकारमा रहेको स्थानीय सडक, कृषि सडक तथा ग्रामीण सडकको विकास र विस्तार 

ग्रामीण सडक तथा सामुदायिक पूर्वाधारको विकास तथा विस्तार 

स्थानीय स्तरको यातायत नीति, अनुमति, नियमन र व्यवस्थापन

स्थानीय यातायत व्यवस्थापन तथा सडक सुरक्षा 

महिला बालवालिका तथा ज्येष्ठ नागरिकतर्फ 

स्थानीय स्तरका महिला विकास कार्यक्रम

महिला सचेतना तथा विकास सम्बन्धि तालिम तथा क्षमता अभिवृद्धि सम्वनिध कार्यक्रम

सामाजिक संरक्षण प्राप्त गर्ने लाभग्राहीलाई परिचयपत्र वितरण, ज्येष्ठ नागरिक मञ्च संचालन, दिवा सेवा केन्द्र संचालन 

सामाजिक संरक्षणका स्थानीय क्रियाकलापहरु 

रक्षातर्फ 

प्रदेश र स्थानीय तहलाई अधिकार नभएको 

युवा तथा खेलकुदतर्फ

स्थानीय स्तरमा युवा जागरण, शशक्तिकरण र परिचालन 

स्थानीय स्तरमा युवा सीप, उद्यमसीलता तथा नेतृत्व विकास 

स्थानीय स्तरमा खेलकुद विकास तथा यसका पूर्वाधार विकास, निर्माण र स्तरोन्नति 

स्थानीय स्तरका खेल प्रतियोगिता आयोजना 

बन तथा वातावरणतर्फ 

सामुदायिक, ग्रामिण तथा सहरी, धार्मिक, कवुलियतीबनको स.रक्षण, उपयोग र नियमन, जडिवुटी तथा अन्य गैरकाष्ठ बन पैदावरसम्वन्धि सर्वेक्षण, उत्पादन, संकलन, प्रशोधन र बजार व्यवस्थापन

स्थानीय चिडियाखाना स्थापना र संचालन

भू तथा जलाधार संरक्षण 

प्रदूषण नियन्त्रण 

जलवायु अनुकुलन तथा न्यूनीकरण सम्व्निध कृयाकलाप 

विरुवा उत्पादन तथा वृक्षरोपण 

प्रकृतिमा आधारित पर्यटन

डडेलो नियन्त्रण तथा व्यवस्थापन

स्थानीय भूउपयोग योजना तथा हरित उद्यम क्षेत्र निर्धारण 

स्थानीय स्तरको बन, बनस्पति, जैविक विविधता, वन्यजन्तु संरक्षण 

काष्ठ तथा गैर काष्ठ एद्योगहरुको स्थापना र व्यवस्थापन्सडक तथा नहर किनारामा वक्षारोपण र व्यवस्थापन 

कृषि बन

नदी उकास क्षेत्रमा वृक्षरोपण, घाँस रोपण तथा व्यवस्थापन 

बन्यजन्तु पालन

शिक्षा, विज्ञान तथा प्रविधि तर्फ 

विद्यालय शिक्षा सम्वन्धि कार्यहरु 

अनौपचारिक शिक्षा, साक्षरता कार्यक्रम

वाल विकास कार्यक्रम

शैषिक तथ्यांक र अभिलेख व्यवस्थापन 

द्धन्द्धपीडित परिवा शिक्षाको व्यवस्थापन 

विशेष प्रकृतिका छात्रवृत्ति 

विद्यालय तहका शिक्षकहरुको सेवा सुविधासम्वन्धि कार्यहरु 

श्रम रोजगार तथा सामाजिक सुरक्षातर्फ 

सामाजिक सुरक्षाका कार्यक्रम

स्थानीय स्तरको सीप विकास र रोजगार प्रवर्धन 

शहरी विकासतर्फ 

शहरी विकास, बस्ती विकास र भवन सम्वन्धिी स्थानीय तहको नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन

एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन

स्थानीय तहका सहरी पूर्वाधार 

स्थानीय तहका सरकारी भवन, विदालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन र संरचना निर्माण तथा मर्मत सम्भार 

संस्कृति पर्यटन तथा नागरिक उड्ययनतर्फ

स्थानीय पर्यटन पूर्वाधार

स्थानीय स्तरका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्मारक संरक्षण 

परम्परागत जात्र, मेला संचालन र व्यवस्थापन

संस्कृति तथा पर्यटन प्रवर्धनसम्वन्धि कार्यहरु 

संघीय मामिला तथा सामान्य प्रशासनतर्फ 

पञ्जीकरण दर्ता तथा अभिलेखिकरण

स्थानीय पूर्वाधार तथा ग्रामीण विकास 

सामाजिक सुरक्षा कार्यक्रम संचालन

संचार तथा सूचना प्रविधितर्फ 

१०० वाटसम्मका एफएम रेडियो संचालन अनुमति, नवीकरण र नियमन

स्थानीय क्षेत्रभित्र टेलिसेन्टर संचालन, चलचित्र बवन निर्माण इजाजत तथा जाँचपास 

स्थानीय तहका पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख र नियमन

स्वास्थ्य तथा जनसंख्या 

आधारभूत स्वास्थ्य सेवा

स्वास्थ्य चैकी, स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालको संचालन र व्यवस्थापन

विभिन्न रोगसम्वनिध रोकथाम, नियन्त्रण, जनचेतना, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रम 

योजना तथा तथ्यांक व्यवस्थापनतर्फ 

स्थानीय योजना तर्जुमा, अनुगमन, मूल्यांकन र अनुशिक्षण 

स्थानीय तहको मध्यकालीन खर्च संरचना 

दिगो विकास लक्ष्यको स्थानीय तहमा कार्यान्वयन

सार्वजनिक निजी साझेदारी सम्बन्धि स्थानीय योजना तथा कार्यन्वयन 

स्थानयि तथ्यांक अभिलेख सम्बन्धि योजना, संकलन तथा व्यवस्थापन

व्यक्तिगत घटना दर्त, अभिलेख व्यवस्थापन र प्रतिवेदन 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update