Odapalika - The Fourth Estate - चौथो अंग
आज यी स्थानमा पर्नेछ पानी 

काठमाडौँ । आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज पनि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा छ । जसका कारण बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली छ ।

वाग्मती र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भएपनि अन्यत्र मौसम सफा रहने छ । 

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update