Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रदेखि शिक्षक, निजामती कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलार्ई सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । 

नगरपालिकाले बिना हस्ताक्षरको बेनामे सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सरकारकी विद्यालयमा पढाउने निर्णय गरेकोे बताइएको छ । 

तर सूचनामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षाशाखा प्मुख या प्रवक्ता कसैले पनि हस्ताक्षर गरेका छैनन् । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको सूचनामा उल्लेख छ । मुसिकोट नगरपालिकाभित्र १६ वटा माध्यमिक, ८ वटा  निम्न माध्यमिक र ४७ वटा प्राथमिक विद्यालय छन् ।

सिन्धुलीको कमलामाइ नगरपालिकाले पनि कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको छ । मेयरले सर्वाजनिक कार्यक्रममाफृत यस्तो घोषणा गरेपनि नगरपालिकाले आधिकारिक सूचना भने जारी गरको छैन ।

musikot1710135654.jpg

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update