Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसबाट युवराज शर्मालाई सोमबार बिहान उम्मेदवारी दर्ता गरेका हुन् । 

दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि मंगलबार निर्वाचन हुँदैछ ।

चितवनको भरतपुरबाट प्रतिनिधित्व गर्ने दाहाल ०७८ चैतमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update