Odapalika - The Fourth Estate - चौथो अंग
इटहरीमा प्रभु महालक्ष्मी लाईफको अभिकर्ता क्षमता अभिवृद्धि तालिम 

काठमाडौँ । प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सले इटहरी शाखाले  अभिकर्ताको क्षमता बिकास तालिम सम्पन्न गरेको छ ।

उप क्षेत्रीय कार्यालय अन्तर्गतका इटहरी, इनरुवा, धरान, भोजपुर, गाईघाट, धनकुटा शाखा तथा क्षेत्रीय कार्यालय अन्तर्गतको बिराटनगर शाखामा आवद्ध भएर उत्कृष्ट कार्य गर्ने  ३०० भन्दा बढी एजेन्सी म्यानेजरको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न शीर्षकमा उत्कृष्ट व्यवसाय गरेका ५५ जना वरिष्ठ एजेन्सी म्यानेजरलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उपहार तथा सम्मान प्रदान गरेका थिए । शाखामा रहेर उत्कृष्ट व्यवसाय गरेबापत उनीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको हो । 

कम्पनीका तालिम बिभाग प्रमुख योगेन्द्र खतिवडाले अभिकर्ताको क्षमता विकास सम्बन्धि, अभिकर्ताले सेवाग्राहीसँग गर्ने व्यवहार, बिमा योजना तथा कार्यदक्षताका विधि र नियमका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिकर्ताले आफ्नो क्षमतामा कसरी निखार ल्याउनुपर्छ बन्ने बिषयमा मन्तब्य राखेका थिए । 

कार्यक्रममा डेपुटी नेसनल सेल्स हेड टीका दत्त प्याकुरेल, कोशी प्रदेश क्षेत्रीय प्रमुख पुष्कर भट्टराई  उप क्षेत्रीय प्रमुख जगतनाथ फुयाँललगाय सहभागी कार्यक्रमको सञ्चालन इटहरी शाखाका प्रमुख नगेन्द्र भट्टराई  (सुरेश)ले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update