Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डलाई  विश्वासको मत नदिन कांग्रेसको ह्वीप 

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । 

३० फागनुमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेसँगको गठवन्धन तोडेर एमालेसहितका दलसँग मिलेर सरकार पुर्नगठन गरेपछि कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो । मत फिर्ता लिएपछि प्रचण्डले ३० गते विश्वासको मत लिने कार्यक्रम छ । 

कांग्रेसले संघसँगै आफ्नो नेतृत्वबाहेकका प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ भने आफ्नो नेतृत्वमा बनेका प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरिसकेको छ । 

विश्वासको मतअघि भोलि राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । जहाँ कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेको छ । 

Whip 2080.11.281710140080.jpg

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update