Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिम र कर्णालीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 

काठमाडौँ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम मुख्यतया सफा हुने विभागको भनाइ छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

राति पहाडी भू–भागमा आंशिक बदली रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update