Odapalika - The Fourth Estate - चौथो अंग
मेरिङ्देन गाउँपालिकाले जित्यो उपमेयर कप 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ । 

सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।

उपाधि जितसँगै मेरिङ्देन गाउँपालिकाले १ लाख ११ हजार १०० रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बनेको फुङ्लिङ नगरपालिकाले पदक, प्रमाणपत्र र नगद पुरस्कार ५५ हजार ५०० रुपैयाँ पाएको छ । 

सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन गाउँपालिका फाइनलमा पुगेका थिए । 

विजेतालाई कोशी प्रदेश सभाका सदस्य खगेनसिंङ हाङ्गामले पुरस्कार वितरण गरे । शुक्रवार सुरु भएको प्रतियोगितामा मैवाखोला र मिक्वाखोला गाउँपालिकाबाहेक ७ स्थानीय तहले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update