Odapalika - The Fourth Estate - चौथो अंग
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन 

काठमाडौँ । नयाँ सत्ता गठवन्धनबीच राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने यस अघिको ८ बुँदे सहमतिमा माधव नेपालको इन्ट्रीसँगै संशोधन भएको छ । 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाहेकका दलहरुबीच भएको ८ बुँदे सहमतिमा उपाध्यक्ष एमाले र अध्यक्ष माओवादीलाई दिने सहमति थियो । 

तर आज राष्ट्रियसभा अध्यक्ष चयनको संघारमा भएको नेकपा एससहितका ५ दलबीचको नयाँ ७ बुँदे सहमतिमा एमालेलाई उपाध्यक्ष दिने भन्ने विषय हटाइएको छ । उपाध्यक्षको विषयमा सहमति पत्र मौन छ ।  अघिल्लो सहमतिमा भएका बुँदा १, २ र ६ बुँदामा संशोधन भएका छन् भने ८ बुँदा हटेकाे छ । अघिल्लाे सहमतिकाे बुँदा ७ मा सहमतिमा मन्त्रीपरिषद पुनर्गठन भइसकेकाले हटाइएकाे छ ।  

हेर्नुहोस् दुबै सहमति 

429914097_422586310217494_5563305824352275171_n1710227279.jpg

429914097_422586310217494_5563305824352275171_n (1)1710227278.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update