Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित 

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनित सांसद नारायण दाहाल निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका नेतासमेत हुन् ।  

दाहाल राष्ट्रियसभाका ३९ सांसदको मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनको विपक्षमा १७ मत परेको छ । 

राष्ट्रिय सभामा भएको निर्वाचनमा अर्का प्रत्यासी नारायण शर्माका पक्षमा भएको मत विभाजनमा १७ मत मात्र परेको छ । उनको विपक्षमा राष्ट्रियसभाका ३९ सदस्यको मत दिए । 

त्यसलगत्तै दाहालको पक्षमा भएको मतदानमा उनको पक्षमा ३९ सदस्यले मत दिएका छन् भने विपक्षमा १७ जनाले मत दिए । 

शर्माको पक्षमा भन्दा दाहालको पक्षमा वढी मत अर्थात ५९ सदस्यीय राष्ट्रियसभाको बहुमत ३९ मत खसेकाले बैठकको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गरेकी हुन् । 

राष्ट्रियसभाको बैठकमा माओवादीको तर्फबाट दाहाल र कांग्रेसको तर्फबाट शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । 

प्रस्तावमा भएको छलफलपछि मत विभाजनको प्रक्रियाबाट  मतदान भएको थियो । बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामी र कांग्रेसका आनन्दप्रसाद ढुंगानाले प्रस्ताव पेश गरेका थिए ।


 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update