Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाले विद्यार्थीलाई श्रम संस्कृतिसँग जोड्ने अभियान थालेको छ । 

उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा हरेक शुक्रवार स्थानीइलाई श्रमसँग जोड्ने अभियान जारी छ । 

नगरपालिकाले यो अभियान अन्तर्गत आगामी शनिवार धरान–१५ स्थित शिक्षा सदन माविका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई श्रममा लगाउने भएको छ । 

नगरप्रमुख राईले विद्यालयलाई पत्राचार गर्दै शनिवार बिहान आठ बजेदेखि श्रमदानमा सहभागी हुन विद्यार्थी र शिक्षकलाई भनेका छन् । 

राईले हरेक शुक्रवारलाई श्रमबारका रुपमा मनाउँदै श्रम संस्कृति र श्रमका विषयमा अभियान चलाउँदै आएका छन् । यो अभियानबाटै उनले धरानका जनतालाई आधारभूत खानेपानी, विभिन्न पार्कको निर्माण, वृक्षारोपणलगायतका कार्य गर्दै आएका छन् । मेयर राईले श्रमसँग विद्यालय र विद्यार्थीलाई जोड्ने अभियानलाई निरन्तरता दिने बताएका छन् ।   

harka1710238792.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update