Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज दिनभरको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ । 

जसका कारण पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update