Odapalika - The Fourth Estate - चौथो अंग

आजको पञ्चाङ्ग 

तिथि: तृतीया  । नक्षत्र: अश्लेषा । करण: गर । चन्द्रराशि: मेष । सूर्योदय: ६: १८ । सूर्यास्त: १८: ११ । दिनमान: २९: ४३ घडी । राहुकाल: दिनको १२:०० बजेदेखि १: ३० सम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ)

हतारको यात्रा कष्टकर हुनेछ । काम गर्दा समस्यामा फस्नु पर्नेछ । साथ भने सबैको रहनेछ । धीर मनले गरेको काम पूरा हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

अचानक धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ । दिउँसोदेखि खर्च बढ्नेछ । यात्रामा कठिनाइ होला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आपूmभन्दा ठूलाको सल्लाहमा काम होला । मनमा अनावश्यक सोचाइ आउला । संयमताको आवश्यक देखिन्छ । धनप्राप्तिको योग भने रहेको छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

गरेको कामले सफलता पाउला । आज नयाँ कार्यको थालनी गर्दा राम्रो होला । स्वस्थ्यमा पनि गडबडी हुनेछ । यात्रा कठिन हुनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

भाग्यले पूर्ण साथ दिनेछ । झिनामिना कुरामा अल्मलिने समय छैन ।  आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईँको आज कर्म क्षेत्र कमजोर छ । धन र समय खर्चिनु पर्नेछ । यात्राको अवसरलाई सदुपयोग गर्नुहोला ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

परिवारको पूर्ण साथ रहनेछ । तपाईँको प्रशंसा गर्नेेछन् । भाग्यले पूर्ण साथ दिनेछ । चञ्चल मनलाई सम्हालेर काम गर्नु उचित हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन कष्टमय समय रहेको छ । हरेक काममा बाधा अड्चन आउनेछन् । नसोचेको ठाउँमा धन खर्च हुनेछ । अरुले काममा बाधा दिनेछन् ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । नयाँ कार्यको थालनी गर्दा राम्रो हुन्छ । सबैको मन जित्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन आफन्तसँग मनमुटाव हुनसक्छ । बोल्दा वा कामगर्दा विचार गर्नु पर्नेछ ।   खानपिनमा सतर्क रहनु होला । स्वस्थ्य समस्या हुनसक्छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

पराक्रम बढ्नेछ । तपाईँको विचारको सम्मान हुनेछ । मनोरञ्जनका साथ दिन बित्नेछ । आकस्मिक धनागम हुने योग छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन गरेको काम पूरा हुनेछ । आवश्यक योजना बनाउन सकिनेछ । धन सम्पत्तिको बृद्धि हुनेछ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update