Odapalika - The Fourth Estate - चौथो अंग
३ चैतदेखि ढुवानी व्यवसायी महासंघको महाधिवेशन  

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा आगामी ३ चैतबाट हुने भएको छ । 

काठमाडौँमा हुने साधारण सभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले गर्ने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट ३०० सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए ।

राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै  हकहित  संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघका १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध छन् ।

छैठौं  महाधिवेशन  तथा १५औँ वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

 

छैठौं महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत  सहभागिता रहने महासंघले जनाएको छ । 

साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update