Odapalika - The Fourth Estate - चौथो अंग
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, के के चाहिन्छ योग्यता ?

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै विभिन्न कार्यालयका लागि राजपत्र अंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको हो । 

आयोगले धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा रहेका आफ्ना कार्यालयका लागि ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हाे । 

जसमा आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। 

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट ५ सय ३७ जना खरिदार कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि यही चैत २० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। 

दोब्बर दस्तुर तिरेर भने चैत २७ सम्म आवेदन दिन सकिने छ। सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ। त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने सूचनामा उल्लेख छ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनसक्ने छन् । परिक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुनेछ । लिखित पास गर्नेले मात्र कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा भाग लिन पाउने छन् ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ५०० रुपैयाँ बुझाउनु पर्नेछ ।

loksewa notice1710305985.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update