Odapalika - The Fourth Estate - चौथो अंग
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ?

काठमाडौँ । चैत महिनाका लागि १७ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरुले चैत महिनाका लागि पनि घटाएका हुन् । 

१७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । 

ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । फागुन महिनाका लागि ग्लोबल आइएमईको ७.६ र प्रभुको ७.५ प्रतिशत रहेको थियो । चैतमा पनि सो दर कायम राखेका छन् । 

एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआइसीले चैतका लागि ८ प्रतिशतबाट ८.५४ प्रतिशत पुर्याएको छ ।

प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

कृषि विकास बैंकको संस्थागततर्फ ०.०७ प्रतिशत बढेर ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ०.७८ प्रतिशत घटेर ५.६६६१ प्रतिशत ब्याज प्रदान गर्नेछ । 

नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ । 

कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । 

एनएमबि बैंकले व्यक्तिगततर्फ १.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । 

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ६.५ प्रतिशत र संस्थागततर्फ ०.५ पतिशत घटाएर ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

मछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update